काठमाण्डौ । प्रतिपक्षी दलहरूले बजेट पेसमा कुनै अवरोध नगर्ने भएका छन् । गृहमन्त्री रमेख लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार सरकारलाई बजेट ल्याउन दिने निर्णय गरेका हुन् ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संसद् भवनमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने निर्णय गरेको हो।
प्रचण्डले बजेट आउने दिन संविधानमा किटान भएकाले यसलाई सबैले मान्नु पर्ने बताए । यस्तै उनले गृहमन्त्रीको राजीनामा माग्न भने नछाड्ने बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                