काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय गोबरडिहा दाङद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ १९ गते सोमबारका दिन गढवा गाउँपालिका वडा नं. ०३ का वडा सदस्य बिमल कुमार चौधरीको प्रमुख आतिथ्यतामा गोबरडिहामा सम्पन्न भएको छ ।
संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुति बाँसगढी अनुगमन कार्यालयका अनुगमन अधिकृत हिक्मत ढकालले गरेका थिए । सो क्रममा आम्दानी, खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व लगायतका बिषयमा सहभागीलाई प्रष्ट पारिएको थियो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा स्थानिय प्रहरी चौकीका प्रमुख बिष्णु प्रसाद पाण्डे लगाएतका अन्य अतिथिहरुको पनि सकारात्मक सहभागीता रहेको थियो ।
सो कार्यक्रममा शाखा कार्यालय गोवरडिहा दाङ अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
करिब ३२ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १५१ कि कि सदस्य सारदा कुमारी चौधरीले गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य एवं संस्थागत जानकारी शाखा प्रबन्धक पबित्रा गिरीले राख्नु भयो भने सञ्चालन सहायक प्रकाश भण्डारीले गरेका थिए ।

