बुधबार, बैशाख २,२०८३ 05:28:34
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:28:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३२ अर्ब रुपैयाँ, ६ वर्षमा १०१ अर्बभन्दा बढी संकलन

Bizshala
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३२ अर्ब रुपैयाँ, ६ वर्षमा १०१ अर्बभन्दा बढी संकलन
Shivam Cement

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा राष्ट्रिय कल्याणकारी कोषसमेत जोडिँदा कोषमा जम्मा रकम १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। कोषले सोमबार जारी गरेको विज्ञप्तिअनुसार योजना कार्यान्वयन सुरु भएको ६ वर्ष ७ महिनाको अवधिमा १०१ अर्ब २८ करोड रुपैयाँ योगदान संकलन भएको हो।

कोषका अनुसार उक्त रकम औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा गएका करिब २० लाख व्यक्ति तथा अनौपचारिक र स्वरोजगार क्षेत्रमा आबद्ध करिब १ हजार ६ सय योगदानकर्ताबाट संकलन गरिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कोषका विभिन्न योजनामार्फत दाबी भुक्तानी, अवकाश भुक्तानी तथा पेन्सनसमेत गरी हालसम्म करिब १८ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ।

यसैबीच, कोषले योगदानकर्ताको मागअनुसार सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ को पहिलो संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब विशेष सापटी लिनका लागि १२ महिना र धितोमा आधारित सापटीका लागि १८ महिना योगदान गरेका योगदानकर्ताले पनि सापटी सुविधा लिन सक्ने व्यवस्था गरिएको छ। यसअघि सापटीका लागि न्यूनतम ३६ महिनाको योगदान अनिवार्य थियो।

CG Motors
Garima Development Bank
IME remit

कोषले औपचारिक क्षेत्रबाट सुरु भएका योजना क्रमशः अनौपचारिक क्षेत्र, वैदेशिक रोजगारी र स्वरोजगार क्षेत्रसम्म विस्तार गर्दै आएको छ। साथै, चालु वर्षको वैशाख १ गतेदेखि सरकारी कोषबाट तलब–भत्ता खाने कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था लागू गरिएको छ।

हालसम्म ९१ स्थानीय तह र ३८ सार्वजनिक निकायले आफ्ना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइसकेको कोषले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.