काठमाण्डौ । नेप्सको दैनिक चार्टमा मंगलबार ड्रागन फ्लाई डोजी बनेको थियो । त्यो क्याण्डललाई बिहिबारको बुलिस प्रकृतिको क्याण्डलले भ्यालिड बनाएको छ ।
सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ‘ड्रागन फ्लाई डोजी’ भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।
यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ । माथीको छोटो धागोले बिक्रेताको अझै कायम रहेको बुझिन्छ ।
लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ । यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो । आज अन्तिम समयमा तानिएको बजारले अघिल्लो कारोबारको तुलनामा २ अर्ब बढी कारोबार पनि भएको छ । यद्यपी हालको बजारले माथिको प्रतिरोध प्रति ब्रेक गर्न नसकेको र तलको सपोर्ट पनि ब्रेक डाउन गर्न नसकेको अबस्था देखिन्छ । यदि आगामी कारोबारमा बजारले २७३० भन्दा माथि ब्रेक गरेमा माथिको यात्रा तय गर्ने छ । तर बजार २६५० विन्दुभन्दा तल लागेमा भने बिक्री दबाब पनि रहन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।