काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएका छन् भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, श्रीहरि सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ५७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.५६ प्रतिशत सेयर खरिद भएको छ भने ४८.४४ प्रतिशत सेयर बिक्री भएको छ ।
