काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समावेश गर्नका लागि तीनवटा महत्वपूर्ण सुझावहरू पेश गरेको छ।
संस्थाले Governor लाई पठाएको पत्रमार्फत, देशको अटोमोबाइल क्षेत्रलाई विस्तार गर्न र आर्थिक वृद्धिमा टेवा पु-याउने उद्देश्यले निम्न प्रस्तावहरू राखिएको छ:
1.Loan-to-Value Ratio Adjustment
हाल कायम रहेको कर्जा अनुपात (Loan-to-Value) नीति पुनरावलोकन गर्दै सबै प्रकारका सवारीसाधनका लागि ८०% कर्जा र २०% डाउनपेमेन्टको व्यवस्था गर्न NAIMA को माग छ। यसले उपभोक्ताको पहुँच वृद्धि, बजार विस्तार, र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने एशोसिएसनको विश्वास छ।
2. LC in Chinese Yuan for Chinese Goods
अहिले चीनमा उत्पादित तर अन्य देशको लाभग्राही कम्पनी भएका गाडीका लागि युआनमा एलसी खोल्न अनुमति नदिने नीतिले व्यापारमा बाधा पुर्याएको NAIMA को भनाइ छ। सोहीअनुसार, तीन पक्षीय व्यापार संरचना (Triangular Trade)लाई स्वीकार गर्दै, चीनबाट ढुवानी हुने गाडीका लागि युआनमा एलसी खोल्न लाभग्राही कम्पनी जुनसुकै देशको भए पनि अनुमति दिनुपर्ने माग गरिएको छ।
3.Risk-Weighted Asset Ratio for Auto Loans
सवारीसाधनको कर्जामा जोखिम भार (Risk-Weighted Asset Ratio) हाल १००% छ, जुन अन्य कर्जाको तुलनामा बढी रहेकोले यसलाई घटाएर ७५% पुर्याउनुपर्ने सुझाव राखिएको छ। NAIMA का अनुसार, गाडी कर्जा सुरक्षित मानिएको र यसको डिफल्ट दर न्यून रहेकोले यस्तो परिवर्तनले कर्जाको आपूर्ति सजिलो बनाउनेछ।
NAIMA की अध्यक्ष श्रुति सिंह वैद्यले हस्ताक्षरित पत्रमा भनिएको छ, “नेपालको Mobility क्षेत्रलाई सशक्त बनाउँदै दीगो आर्थिक वृद्धि र आधुनिक यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले हामीले यी सुझावहरू दिएका छौं।”
राष्ट्र बैंकले यस किसिमका सुझावहरूलाई आगामी मौद्रिक नीतिमा समावेश गर्ने हो भने, अटोमोबाइल क्षेत्रको विकाससँगै राष्ट्रिय अर्थतन्त्र पनि समृद्ध बन्ने विश्वास NAIMA ले व्यक्त गरेको छ।