काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. सञ्जिव प्रधान नियुक्त भएका छन् । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रधानलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सोही बैठकले सञ्चालकहरु नेत्रनाथ पौडेल, रविन्द्रराज श्रेष्ठ र सीताराम जोशीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । रिक्त रहेको सञ्चालक पदपूर्ति आगामी असार ६ गते आयोजना हुने कम्पनीको साधारण सभाको निर्वाचनबाट हुनेछ ।