काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीद्वारा प्रस्तावित लाभांश आगामी असार २ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि आयोजना हुने कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।