आईतवार, जेष्ठ २५,२०८२ 10:21:03
IME remit
  • आईतवार, जेष्ठ २५,२०८२ 10:21:03
IME remit
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्तामा हाइड्रो कम्पनीको चर्चा, भन्छन् ‘खेलाडीका बाहेक अन्य स्क्रिप्ट बढ्न सकेन’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्तामा हाइड्रो कम्पनीको चर्चा, भन्छन् ‘खेलाडीका बाहेक अन्य स्क्रिप्ट बढ्न सकेन’
Nabil Bank Limited

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर र न्यूप्लाजास्थित रहेका केही ब्रोकर हाउस पुगेर प्रत्यक्ष रुपमा लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं ।  

साताको पहिलो कारोबार दिन प्राय ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति त्यति बाक्लो थिएन । अधिकांश ब्रोकरमा लगानीकर्ताको उपस्थिति सामान्य थियो ।  सर्वप्रथम हामी न्यूप्लाजास्थित ब्रोकर नं. ५९ दिव्या सेक्युरिटिजतर्फ लाग्यौं । उक्त ब्रोकर हाउस पुग्दा बिहानको सवा ११ हुँदै थियो । लगानीकर्ताको उपस्थिति न्यून थियो । सबै लगानीकर्ता आ–आफ्नै मोबाइलमा टिएमएस हेर्न व्यस्त देखिन्थे ।  

त्यतिबेला नेप्से परिसूचक २ अंकले घटेको थियो । लगानीकर्ताहरु बजार बढ्न नसक्दा निरुत्साहित देखिन्थे । लगानीकर्ताहरु एकआपसमा संवाद समेत गरिरहेका थिएनन् । यत्तिकैमा अर्का लगानीकर्ता आएर भने, ‘आज पनि घट्यो, बजार बढ्न जानेन ।’ साथै उनले एचआइडीसीएलको डेढ लाखको सेयर किनेको र किनेपछि घाटा लागेको कुरा सुनाउँदै थिए ।  

उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति कम देखिएकाले हामी त्यहाँबाट निस्कियौं । त्यसपछि अनामनगरस्थित रहेको भिजन सेक्युरिटिजतर्फ लाग्यौं । उक्त ब्रोकरमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । त्यो बेलासम्म नेप्से परिसूचक ८ अंकले घटिसकेको थियो ।  

यत्तिकैमा एकजना लगानीकर्ताले असार साउन नलागेसम्म बजार यस्तै रहने तर्क व्यक्त गरे । ‘माछापुच्छ्रे बैंकको सेयर थियो, बढ्दा बेचौंला भनेको बढ्दै बढ्दैन त वाणिज्य बैंकहरुको सेयर अहिले नबढ्ला जस्तो छ’ उनले भने, ‘बजारको अवस्था हेर्दा त अब हाइड्रो कम्पनीहरु नै चल्ला जस्तो छ ।’

एकजना लगानीकर्ता भने घटेको बजारसँग निरुत्साहित बन्दै निस्किदै भने, ‘म त जान्छु, यस्तो घटेको बजार के हेर्नु बरु घरमै गएर हेर्छु’ उनले भने, ‘बजार भनेजस्तो भए पो ब्रोकर बसेर हेर्नुको मज्जा हुन्छ ।’

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

पछाडी सिटमा बसेका दुई लगानीकर्ता भने विभिन्न स्क्रिप्टका कुराहरुमा गफिँदै थिए । एकजना लगानीकर्ताले हाइड्रोका केही स्क्रिप्टहरु बढ्दा पनि बजारले किन लय समात्न नसक्दा आक्रोशित बनिरहेका थिए । यत्तिकैमा अर्को लगानीकर्ताले ङादी ग्रुप पावरको सेयरभाउ ४०० पुग्यो भनेर कराए ।  

सोही ब्रोकर हाउसकै अर्को कर्नरमा बसेका केही लगानीकर्ता पनि गफमा मस्त थिए । एकजनाले लहैलहैमा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर किन्दा ५०÷६० हजार रुपैयाँ घाटा लागेको कुरा सुनाउँदै थिए । ‘एकजनाले भनेर एनआइएमसीको सेयर किनेको ५०–६० हजार रुपैयाँ घाटा लाग्यो’ उनले भने, ‘बरु हाइड्रो नै किन्नु पर्ने रहेछ, सिनर्जी पावर डेभलपमेन्टको सेयर किन्ने बेला भएछ साथि हो उठाउँदा हुन्छ है ।’  

साथै अर्को लगानीकर्ताले पनि हिमालयन पावर पार्टनरको सेयर बढेको खुशी व्यक्त गर्दै भने, ‘हिमालयन पावर पार्टनरको सेयर बढेछ त सर्किट नै पो लाग्छ कि क्या हो’ उनले भने, ‘बजार पनि कस्तो अनौठो के फालाफाल हुँदा झन कसैले सेयर नकिन्ने म त यसो घलेम्दी हाइड्रोको सेयर पनि उठाउनु पर्ला सोचिराको छु ।’

केही लगानीकर्ताहरु भने आफ्नो स्क्रिप्ट नबढेकोमा निराश देखिन्थे । यत्तिकैमा एउटाले भने, ‘बजार पनि कस्तो बोर लाग्दो हो, आफ्नो स्क्रिप्ट नपरेर होकि क्या हो ।’ सोही लगानीकर्तालाई समर्थन गर्दै अर्कोले भने रिडी पावरको सेयर उठाउन सुझाव दिए ।  

उक्त ब्रोकरबाट निस्किएर हामी अनामनगरमै रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजतर्फ लाग्यौं । दिउँसोको साढे एक बजेको थियो । सेयरबजार सामान्य अंकले घटेको थियो । उक्त ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो ।  

Muktinath Bikas Bank Limited

उपस्थित लगानीकर्ताहरुमा हाइड्रो कम्पनीकै चर्चा थियो । त्यत्तिकैमा एउटा लगानीकर्ताले भने, ‘आज हाइड्रो सेक्टरले बजार थाम्ला जस्तो छ ।’ उनको कुरालाई समर्थन गर्दै अर्कोले पनि हाइड्रो सेक्टर चल्न थालेको र केही कम्पनीको सेयर किन्ने मौका रहेको बताए ।  

‘समग्रमा हाइड्रो कम्पनी चलिरहेको छ, अब ङादी ग्रुप पावरको सेयरलाई खेलाडीहरुले बढाउने हल्ला छ’ उनले भने, ‘युनिभर्सल पावरको सेयरलाई पनि लगानीकर्ताले निकै चलाएर ४ सय रुपैयाँबाट झण्डै ५ सय पुर्याए, अब ङादी ग्रुपलाई पनि त्यस्तै गर्ने हल्ला छ त ।’

उक्त ब्रोकर हाउसमा महिला लगानीकर्ताको पनि उपस्थिति रहेको थियो । यत्तिकैमा एक महिला लगानीकर्ताले भनिन्, ‘साच्चिकै हो र, अस्ति भर्खरै ङादी ग्रुप पावरको अलिकति सेयर त किनेको हो फेरी थप्नुपर्ने रहेछ ।’

अर्का एकजना लगानीकर्ताले भने सेयरबजारमा रहेका स्क्रिप्टमध्ये आँखा परेर पनि बुटवल पावर कम्पनीको सेयर किन्न नसकेको बताए । ‘आँखामा परेर पनि बुटवल पावरको सेयर किन्न पाइँन, अहिले त यो कम्पनीको सेयर कति धेरै बढिसकेछ ।’

यता एकजना लगानीकर्ताले भने एक हप्तादेखि घटेको बजारमा सेयर खेलाडीका बाहेक अरु सेयर नबढेको कुरा सुनाए । ‘बजारमा भएका ३ सय कम्पनी नै बढ्ने त होइन तर आफुसँग भएका ५ वटामा ३ वटाको भएपनि सेयर बढनुपर्ने कामना गर्ने हो’ उनले भने, ‘एक हप्तादेखि घटेको बजारमा सेयर खेलाडीका बाहेक अन्य स्क्रिप्ट बढ्न सकेका छैनन् ।’

उक्त ब्रोकर हाउसबाट पनि हामी निस्कियौं । दिउँसोको २ बजिसकेको थियो । हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिजतर्फ लाग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति बाक्लो देखिन्थ्यो । लगानीकर्ताहरु राजनीतिक विषयमा मस्त गफिँदै थिए ।  

यत्तिकैमा एकजनाले समाचार देखाउँदै नेपाल टेलिकममा एमडी संगिता पहाडीसहित १८ जनाले ३३ करोड रुपैयाँको भ्रष्टाचार गरेको कुरा अरुलाई सुनाए । अर्को लगानीकर्ताले भने उहाँ म्याडम माओवादी हुनुहुन्छ कि क्याहो भन्दै व्यङ्ग्य गरे ।  

एकछिनपछि फेरी उक्त ब्रोकरमा फेरी सेयरबजारकै कुरा निस्कियो । सबै लगानीकर्तामा हाइड्रो कम्पनीकै चर्चा थियो । यत्तिकैमा एउटा लगानीकर्ताले भने, ‘ङादी ग्रुप पावरको सेयर अझै बढ्नुपर्ने, यो कम्पनीको सेयरमा मैले कति धेरै घाटा ब्यहोरेको छु ।’

अर्को लगानीकर्ताले भने अब रसुवागढी हायड्रोपावर किन्ने कुरा सुनाउँदै थिए । सोही क्रममा बजार बन्द हुन अब १५÷२० मिनेट बाँकी हुँदा अर्को लगानीकर्ता भने भर्खरै आउँदै थिए । ती लगानीकर्तालाई स्वागत गर्दै अर्को लगानीकर्ताले भने, ‘सर भर्खरै आउनुभयो त किन ढिला हो, आउनुस् आज हाइड्रो बढेर सत्यानास भएको छ ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.