काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीको आइपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको आइपीओमा २० लाख ४३ हजार २४९ जना आवेकदले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए ।
जसमा ५२ हजार ७१० आवेदकको २० लाख ४३ हजार २४९ कित्ता आवेदन बदर भएका थियो । आवेदन परेको कुल आवेदनमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन सदर भएको थियो ।
सदर भएका कुल आवेदनमध्ये २ लाख ४१ हजार ५३० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली भएको छ ।