काठमाण्डौ । लगातार ४ दिन घटेको बजारमा आज दोहोरो अंकले सुधार आएको छ । यो सँगै नेप्सेमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । तर बजारले आज कारोबारको अन्तिम प्रहरमा बोलङ्गरको मध्य ब्याण्डमा प्रतिारोध सामाना गरेको छ ।
अर्थात बजारमा २६६० विन्दुभन्दा माथि टिकेर कारोबार हुन सकेन । यस हिसाबले आगामी कारोबारमा यदि बजार मध्य ब्याण्ड भन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारको माथिको सम्भावना रहन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा भने बजारमा २० दिने मुभिङ एभरेज भन्दा माथिको कारोबार भएको छ । मनि फ्लो इन्डेक्स न्यूट्रल जोनमा चलेको देखिन्छ । समग्रमा आजको बजार घट्न रोकिएको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस होइन ।