काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाले जुन २२ देखि बहुप्रतिक्षित रोबोट्याक्सी सेवाको सुरुवात गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले एक्समार्फत यसबारे जानकारी दिएका हुन् ।
मस्कले यसलाई सबैभन्दा पहिले अमेरिकाको अस्टिनमा लञ्च गरिने बताए । तथापी हालसम्म यसको पूर्ण रुपमा तय भईसकेको भने छैन । अस्थाई रुपमा यसको लञ्च जुन २२ मा हुने जनाइएको छ ।
हालै अस्टिनको सडकमा टेस्ला रोबोट्याक्सिको परीक्षण भईरहेको भिडियो सार्वजनिक भएका थिए । जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । यो रोबो ट्याक्सिलाई बिना कुनै रुकावट भिडभाडयुक्त सडकमा सहजै गुडिरहेको देख्न सकिन्छ । चालकरहित कुद्ने यो कारको सुरक्षालाई लिएर भने चिन्ता व्यक्त भईरहेका छन् । हालैका दिनहरुमा टेस्लाको स्वचालित कार दुर्घटना भएको कयौं घटनाहरु सार्वजनिक भईरहेका छन् ।
टेस्लाको रोबोट्याक्सी एउटा पर्पज–बिल्ड अटोनोमश भेइकल हो । यसमा स्टीयरिङ ह्विल वा पेडल हुँदैन । जसको अर्थ उत्पादनमा जानुअघि यो कारले सरकारी नियामकहरुको अनुमति लिनु पर्नेछ । यसको डिजाइन धेरै नै फ्युचरिस्टीक रहेको छ ।