काठमाण्डौ । पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार पाकिस्तानको सेयर बजार मापक इन्डेक्स केएसई–१०० इन्डेक्स १ लाख २४ हजार विन्दुमा पुग्दै यस्तो रेकर्ड कायम गरेको हो ।
हालै सार्वजनिक भएको बजेटप्रति लगानीकर्ता उत्साहित बन्दा पाकिस्तानको सेयर बजारमा हरियाली छाएको जनाइएको छ । आर्थिक वर्ष २०२५/२६ का लागि सार्वजनिक भएको बजेटमा तलबमा आधारित वर्गलाई राहात दिने तथा आर्थिक वृद्धिलाई टेवा दिन संकटमा रहेको रियल स्टेट, निर्माणजन्य उद्योग र औद्योगिक क्षेत्रका लागि राहातका कार्यक्रमहरु समेटिएको छ ।
तर करको विषयमा केही अन्यौलता रहेतापनि बुधबार पाकिस्तानको सेयर बजार ४ सय अंकले बढ्यो ।