काठमाण्डौ । आज नेप्सेमा कारोबार र सुचक दुबैमा सुधार आएको देखिन्छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज पनि इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आजसम्म बजारले लगातार ५ कारोबारमा मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा दैनिक रुपमा कारोबार बढेको देखिन्छ । आरएसआई भने नन् ट्रेडिङ जोन ४९ को तहमा चलेको देखिन्छ । आगामी कारोबारमा यदि यस्तो विन्दु ६० भन्दा माथि लागेमा बजारको सम्भावित यात्रा अप ट्रेन्ड हुनेछ । हाल मध्य ब्याण्डमा चलेको बजार यदि आगामी दिनमा बढेमा २७०५ विन्दुमा प्रतिरोध र घटेमा २६१६ विन्दु आसपासमा सपोर्ट लिन सक्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।