काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ११ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, अनलाइन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एबीसी सेक्युरिटिज प्राइभेट लिमिटेड र त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज १ अर्ब १४ करोड रुपैयाामाथिको सेयर कारोबार भएको छ । जसमा ४२.२३ प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ५७.७७ प्रतिशत सेयर बिक्री भएको छ ।
