काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबान)द्वारा आयोजित ‘एमबान कप २०८२’ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउदै यस वर्षको एमबान कप २०८२ को ऐतिहासिक उपाधि हासिल गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ टिमले तीन प्रतिष्ठित उपाधिहरु क्रमशः उपाधि विजेता, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता सहित उपाधि हासिल गर्न सफल भएको छ ।
यस जितमा योगदान पुर्याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई नेपाल एसबिआई मर्चेन्ट बैंकिङ परिवारले बधाई एवं धन्यवाद व्यक्त गरेको छ ।
आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागी भई संस्थाको गौरव बढाउँदै जाने दृढ संकल्पका साथ, सबैलाई अझ प्रेरणा मिलोस् भन्ने कामना समेत नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                