सोमबार, असार ९,२०८२ 01:51:51
  • सोमबार, असार ९,२०८२ 01:51:51
Global IME Bank Limited

टेस्लाको रोबोट्याक्सी लञ्च, सधैंका लागि बदलिने छ यातायातको तरिका !

Hyundai Nepal
टेस्लाको रोबोट्याक्सी लञ्च, सधैंका लागि बदलिने छ यातायातको तरिका !
Nabil Bank Limited

काठमाण्डौ । विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले लामो समयको प्रतिक्षापछि अन्ततः आफ्नो रोबोटट्याक्सी लन्च गरेको छ । मस्कले करिब १० वर्षअघि गरेको प्रतिज्ञा पुरा भएको छ। टेस्लाले रोबोटट्याक्सीलाई अस्टिनको सडकमा लन्च गरेको छ।

विद्युतीय सवारी साधन बनाउने विश्वको सबैभन्दा मूल्यवान कार कम्पनीका लागि यो नयाँ युगको सुरुवात हो । कम्पनीले आइतबारदेखि चालकविहीन ट्याक्सी सेवा सुरु गरेको छ । सुरुमा केही सवारीसाधन मात्र चल्नेछन् । यी रोबोटट्याक्सी सहरका केही क्षेत्रमा मात्र चल्नेछन्।

टेस्लाले यस विशेष सेवाका लागि केही विशेष व्यक्तिहरू चयन गरेको छ। यी मानिसहरू ट्याक्सीमा यात्रा गर्नेछन् र आफ्नो राय दिनेछन्। आम मानिसहरुले भने  रोबोटट्याक्सीको सेवा लिन अझै केहि समय पर्खनु पर्नेछ । टेस्लाको बिक्रीमा गिरावट आईरहेको अवस्थामा रोबोटट्याक्सीले कम्पनीको बिक्री बढाउने विश्वास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई लिएर पनि मानिसहरुमा असन्तुष्टि व्याप्त छ ।  

मस्कलाई स्वचालित कृत्रिम बुद्धिमत्ता र मानवीय रोबोटमा ठूलो विश्वास छ। तर, यी बजारहरू अझै पूर्ण रूपमा परिपक्व हुन सकेको छैन । टेस्लाले भर्खरै टेक्सासको राजधानी अस्टिनमा परीक्षण बढाएको छ। सहरको दक्षिणी र दक्षिणपूर्वी भागहरूमा निर्माता प्लेट भएका मोडेल वाई एसयूभी गाडीहरू भेटिएका छन्। मस्कले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका थिए । जसमा अस्टिनमा चालकविना कार चलिरहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

मस्कका अनुसार टेस्लाले सुरुमा १० देखि २० वटा गाडीहरू चलाउनेछ। त्यसपछि केही महिनामा तिनीहरूको संख्या बढेर एक हजार हुनेछ। पछि कम्पनीले विशेष साइबर क्याब लन्च गर्नेछ। यसमा पेडल वा स्टेयरिङ ह्वील हुनेछैन। मस्कले स्वचालित कारको विषयमा ठूला–ठूला प्रतिज्ञा गरिसकेका छन् ।  

टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ नामक प्रणाली प्रदान गर्दछ। तर यसको नामको बाबजुत पनि  चालकले सले सवारीसाधनलाई पूर्ण रूपमा स्वचालित बनाउदैन भन्ने सधैं ख्याल राख्नुपर्छ।  

कम्पनीले सफ्टवेयरको ‘अनसुपरभाइज्ड’ संस्करण प्रयोग गरेर आफ्नो रोबोटट्याक्सी नेटवर्क चलाउने बताएको छ। यसमा कुनै पनि चालकलाई निगरानी गर्न आवश्यक छैन। यसको मतलब कार आफै चल्नेछ।  

टेस्लाको यो कदमले अटोमोबाइल उद्योगमा ठूलो परिवर्तन ल्याउन सक्छ । यदि यो सफल भयो भने, यसले यातायातको तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। तर, सुरक्षा र कानुनी मुद्दाहरू अझै पनि चिन्ताको विषय छन्। टेस्लाले यी चुनौतीहरूको सामना कसरी गर्छ भन्ने हेर्न भने बाँकी नै छ । चालकविहीन ट्याक्सीलाई जनताले कति मन पराउँछन् त्यो पनि हेर्न बाँकी छ । के उनीहरू चालकविना कारमा बस्न सहज महसुस गर्छन् ? के यो प्रविधि सुरक्षित साबित हुनेछ ? यी प्रश्नहरूको जवाफ आगामी दिनमा मात्रै प्राप्त हुने नै छ। अहिलेको लागि भने टेस्लाले रोमाञ्चक र अनिश्चित भविष्यतर्फ पहिलो कदम चालेको छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.