काठमाण्डौ । गत जेठ ७ गते २७७५ विन्दु चुमेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । त्यसयता बजारले करिब १७५ अंक गुमाएर आज २६ सयको विन्दुमा बन्द भएको छ । प्राविधिक रुपमा पछिल्लो बजारलाई डाउ थेउरीमार्फत नियाल्दा भने लोवर लो र लोवर हाईका सिरिज बनाउँदै गरेको देखिन्छ ।
अर्थात बजार डाउन ट्रेन्डमा चलेको देखिन्छ । त्यसैगरि हालको बजारलाई ट्रेन्डलाइन मार्फत नियाल्दा बजारको अबको नजिकको सपोर्ट भनेको २५८० विन्दु आसपासमा देखिन्छ । डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा चलेको देखिन्छ । एमएफआई र आरएसआईबाट नियाल्दा करिब ओभर सोल्ड जोन नजिक पुगेको देखिन्छ ।
क्याण्डल स्टिकबाट नियाल्दा हाल अनिर्णयको क्याण्डल बनेको छ । यसकारण हालको बजारलाई प्राबिधिक रुपमा नियाल्दा बजारले रिभर्सल लिइ हाल्यो भन्ने अवस्था देखिदैन । यद्यपी बजारमा करिब बटम लाग्दै गरेको मान्न भने सकिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा नेप्सेमा बिस्तारै ड्राई अप बन्दै गरेको देखिन्छ । यस हिसाबले बजारमा अबको केही कारोबारबाट बजार सम्हालिन सक्ने सम्भावना पनि देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण काराबारका लागि सिफारिस भने होइन ।