काठमाण्डौ । साताको पहिलो कारोबारको दिन आज नेप्सेमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यदि चार्टमा तल माथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुजु भनिन्छ । यसले सम्भावित रुपमा बढ्दो बजारलाई बुझिन्छ । यस अघिका चारवटा अनिर्णयको क्याण्डल पछि आज आज यस्तो क्याण्डल बनेको हो ।
तर आज बजार बढेता पनि कोरोबार भने बढ्न सकेको छैन । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । अपर ब्याण्ड र लोवर ब्याण्ड केही फुकेको अवस्थामा देखिन्छ । यसले बजारमा केही उतारचढाव हुँदै गरको बुझिन्छ । म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का हुँदै गएका छन् । आरएसआई ३५ को तहबाट फर्केर हाल हाल ४५ को विन्दुमा पुगेको छ ।
समग इन्डिकेटरबाट नियाल्दा आज बजार घट्न रोकिएको मान्न सकिन्छ । यदि आगामी कारोबारमा बोलिङ्गरको मध्य ब्याण्ड अर्थात २६४० विन्दु भन्दा माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागी सिफारिस भने होइन ।