आईतवार, श्रावण १०,२०८३ 05:26:35
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:26:35
Bizshala
Global IME Bank Limited

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्टमा पावेलको राजीनमा माग गरेका हुन् । ट्रम्पले पावेललाई तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् ।  

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षमा मनोनयन गरेका थिए।  ट्रम्पले बारम्बार पावेलको ब्याजदर कटौती नगरेकोमा आलोचना गर्दै आएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनलाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने स्पष्ट छैन। पावेलको निरन्तर आलोचनाको बावजुद, राष्ट्रपतिले यस वर्षको सुरुमा पावेललाई बर्खास्त गर्ने कुनै मनसाय नभएको बताएका थिए ।  

ट्रम्पले आर्थिक वृद्धिलाई बढावा दिन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहेका छन् । पावेलले मंगलबार यदि ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याज दर कटौती गरिसकेको हुन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.