शनिबार, फाल्गुन २,२०८२ 02:52:43
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 02:52:43
Bizshala
Global IME Bank Limited

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२२ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३७ प्रतिशतले घटेको छ । आज १० बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.३६ प्रतिशतले बढेर २७७५.२७ रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल रि इन्स्योरेन्सको ४.८३ प्रतिशत, हिमालयन रि को ४.३५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको ०.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१५ प्रतिशत, एनएलजीको ०.७३ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.५३ प्रतिशत, सलिकोको १.९९ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.९२ प्रतिशतले बढेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७८ प्रतिशतले घटेर ५००.१२ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिटिजन लाइफको १.७८ प्रतिशत, हिमालयन लाइफको १.६० प्रतिशत, आइएमई लाइफको १.३१ प्रतिशत, एलआइसी नेपालको १.७६ प्रतिशत, नेपाल लाइफको १.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०६ प्रतिशत, सूर्यज्योति लाइफको १.२३ प्रतिशत, सन नेपाल लाइफको २ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.५७ प्रतिशतले घटेको छ ।

यसका साथै हिमालयन एभरेष्टको २.११ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.९४ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.९७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७३ प्रतिशत, आरबीसीएलको ०.४५ प्रतिशत, सानिमा जिआइसीको २.३४ प्रतिशत, शिखरको १.३४ प्रतिशत र युनाइटेड अजोडको २.४० प्रतिशतले घटेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.