काठमाण्डौ । शोधानान्तर स्थिति झण्डै ५ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा शोधानान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । यसर्थ शोधानान्तर स्थिति १५.४५ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता रु.३० खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२०० अर्ब ३८ करोडले बचतमा रहेको थियो ।
चालु आवको ११ महिनासम्म खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु।५ अर्ब ४६ करोड रहेको थियो ।
यसैगरी, समीक्षा अवधिमा रु।११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र( भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब २४ करोड रहेको थियो ।