काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३२.०५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिसम्म बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, सो अवधिसम्म नेप्से परिसूचक २६५५.३९ विन्दुमा पुगेको छ । गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २११२.३९ विन्दुमा रहेको थियो । यसर्थ गत वर्षको तुलनामा सेयरबजार २५.७१ प्रतिशतले बृद्धि भएको छ ।
सो अवधिसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ जेठमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८।० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५।३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।