काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ९९ करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.४३ प्रतिशत सेयर खरिद भएको छ भने ४३.५७ प्रतिशत सेयर बिक्री भएको छ ।
