काठमाण्डौ । सेयर बजार आज दिनभर सकारात्मक नै रह्यो । आज दिनभर तल–माथि गरेको बजार अन्तिम समयमा २२ अंकले बढेर बन्द भयो ।
प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ । अघिल्लो दिनका क्यान्डलहरुसँग मिलाएर हेर्दा मर्निङ स्टार बनेको छ । यदि लामो समय घटेको बजारमा पहिलो क्यान्डल रातो मारुबुजु बन्छ, दोस्रो क्यान्डल डोजी अथवा इन्भर्टेड ह्याम्मर प्रकृतिको बन्छ र तेस्रो क्यान्डल ग्याप अप ओपनिङसहितको बुलिस मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार भनिन्छ । (हेर्नुहोस् एरो)
यसले बजार माथि जाने संकेत गर्छ । यस विपरीत यदि पहिलो क्यान्डल हरियो, बीचमा कुनै पनि खालको डोजी प्रकृतिको क्यान्डल बन्छ र तेस्रो क्यान्डल रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई ‘इभिनिङ स्टार’ भनेर बुझिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यसले बजार तल जाने संकेत गर्छ ।
आज नेप्सेमा ‘मर्निङ स्टार’ क्यान्डल बनेको छ । कारोबार र भोल्युमबाट नियाल्दा आज २० दिनको औषत कारोबार भन्दा तल नै देखिन्छ । यदि आगामी दिनमा बजारले २७३० विन्दुभन्दा माथि औषत कारोबार सहित बजार टिकेको खण्डमा बजारले थप उचाइ लिने निश्चित हुनेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस होइन ।