काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा गरेका छन् ।
यो नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई समावेश छन्। यी सबैमा भदौ १ गतेदेखि महसुल लागू हुनेछ । ट्रम्पले यी देशका नेताहरुलाई पठाएको पत्र पनि सार्वजनिक गरेका छन् । यसमा अमेरिकामा सामान पठाउँदा यी देशमा लाग्ने शुल्क उल्लेख गरिएको छ ।
अब अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत कर लगाउनेछ । मोल्डोभा र ब्रुनाईमा २५ प्रतिशत र फिलिपिन्समा २० प्रतिशत कर लगाइनेछ ।
ट्रम्पले आफ्नो पत्रमा कुनै पनि देशले अमेरिकामा कर लगाएमा अमेरिकाले पनि सोही अनुपातमा कर लगाउने लेखेका छन् । उनले दुई देशबीचको सम्बन्धका आधारमा यो निर्णय परिवर्तन गर्न सकिने पनि बताए । यसअघि अमेरिकाले बंगलादेशसहित १४ देशमा एकैपटक कर लगाउने घोषणा गरेको थियो ।
कुन कुन देशमा कति ट्यारिफ ?
–म्यानमार, लाओसः ४० प्रतिशत
–थाइल्याण्डः ३६ प्रतिशत
बंगलादेश, सर्बियाः ३५ प्रतिशत
इन्डोनेसियाः ३२ प्रतिशत
बोस्निया(हर्जेगोभिना, दक्षिण अफ्रिकाः ३० प्रतिशत
ट्युनिसिया, मलेसिया, काजाकिस्तान, दक्षिण कोरिया, जापानः २५ प्रतिशत