शुक्रबार, असार २७,२०८२ 02:48:36
  • शुक्रबार, असार २७,२०८२ 02:48:36
Global IME Bank Limited

इचिमोकु क्लाउडमा बुलिस बन्दै बजार, अप ट्रेन्डको संकेत

Hyundai Nepal
इचिमोकु क्लाउडमा बुलिस बन्दै बजार, अप ट्रेन्डको संकेत
Shivam Cement

काठमाण्डौ । ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्से चार्टमा बुलिस क्रसओभर बनेको छ । नेप्सेको हालको बजारमा  डेलीबेसमा नै इचिमोकू क्लाउडमा बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको देखिन्छ । यससँगै बजारमा इचिमोकु क्लाउडमा बजारमा बुलिस क्रसओभर बनेको देखिन्छ ।  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । यससँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत नेप्सेको चार्टमा आज बनेको क्याण्डल क्लाउड पोजिसन भन्दा माथि लागेको छ । यद्यपी अहिले नै क्लाउडको रंग भने परिवर्तन भै हालेको अबस्था भने होइन । लिड १ ले लिड् २ लाइ काट्दै गरेको देखिन्छ ।  

आज यो इन्डिकेटरअन्तर्गत क्याडण्ल स्टिकले इचिमोकु क्लाउडमा ब्रेक आउट पनि भएको छ। (हेर्नुहोस एरो)  

कारोबार तथा भोलुमबाट नियाल्दा आज बजारले २० दिनको औषत कारोबार भन्दा माथी लागेको देखिन्छ । यदि आगमी दिनमा बजारले ओषत कारोबार भन्दा माथी कारोबार भएको खण्डमा बजार थप मज्बुत रहेको मानिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिम पुर्ण हुन्छ यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.