काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांस वितरण प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले साउन २३ गते काठमाण्डौको तीनकुनेमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि २९ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।