बिहीबार, श्रावण १,२०८२ 05:18:09
  • बिहीबार, श्रावण १,२०८२ 05:18:09
Global IME Bank Limited

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा, अब, ‘खल्ती बाइ आइएमई’

Hyundai Nepal
आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा, अब, ‘खल्ती बाइ आइएमई’
Shivam Cement

काठमाण्डौ । आइएमई पे र खल्ती वालेट मर्ज भई, साउन १ गतेबाट ‘खल्ती बाइ आइएमई’नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्।  

यो मर्जरसँगै बनेको नयाँ कम्पनी‘ आइएमई खल्ती लिमिटेड’को चुक्तापूँजी  ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सेवाग्राही र पूँजीले ‘खल्ती बाइ आइएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ।

यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए । ब्याज दिने एक मात्र वालेटको रूपमा चिनिएकोआइएमई पेरेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो।

Muktinath Bikas Bank Limited

अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्। साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यस प्रक्रिया मार्फतआइएमई पेवालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन्।

आइएमई पे — आइएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए।

आइएमई डिजिटल सोलुसन्सका अध्यक्षकृष्ण प्रसाद शर्माले आइएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको रआइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताए

आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए।

दुवै कम्पनीले आज विशेष कार्यक्रमआयोजना गरि मर्जरको औपचारिक घोषणा समेत गर्ने छन्।

आइएमई पेले Digital Services ICT Award 2024,HRM Award for Corporate Excellence in the FinTech Category 2023 Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award प्राप्त गरेको थियो।

त्यस्तै, खल्तीले WITSA Global Innovation & Tech Excellence Awards 2022,२०२३ र २०२४ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक एनसीएचएलबाट लगातार २ वर्ष नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X