काठमाण्डौ । आज बजार एकैदिन ७६ अंकले बढ्यो भने कारोबार पनि १६ अर्ब माथि भयो । पछिल्लोपटक २९२९ को विन्दुबाट खसेको बजार आज ४ पटकको प्रयासमा २८ सय माथि बन्द हुन सफल भएको छ ।
अघिल्लो कारोबारमा २ हजार ७९५ को विन्दुमा बन्द भएको बजार आज २ हजार ८७० को विन्दुमा बन्द भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आजदेखि बजार लामो समयपछि अपर ब्याण्डमा चल्न सुरु गरेको देखिन्छ । म्याक्डीबाट नियाल्दा बजार यसअघि नै बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् ।
आरएसआई ओभर बट जोन ७७ को तहमा पुगेको छ । यस्तो विन्दु बढ्दो बजारमा लामो समय ओभर बट जोनमा रहन पनि सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा बजार २० दिनको औषत कारोबार भन्दा माथि चलेको देखिन्छ । बजारलाई टेवा र प्रतिरोधबाट नियाल्दा यस अघिको प्रतिरोध विन्दु २९२९ आसपासमा प्रतिरोध सामना गर्न सक्छ भने २८ सय विन्दु आसपासमा बलियो सपोर्ट लिन पनि सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।