काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।
सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड माघ ६ गते भएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                