आईतवार, श्रावण १०,२०८३ 05:42:22
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:42:22
Bizshala
Global IME Bank Limited

सगरमाथा आरोहणमा हिमपहिरो, खुम्बू आइसफलमा दुई आरोही घाइते, उद्धारपछि घाइते काठमाडौं ल्याइयो

सगरमाथा आरोहणमा हिमपहिरो, खुम्बू आइसफलमा दुई आरोही घाइते, उद्धारपछि घाइते काठमाडौं ल्याइयो
New Office

काठमाण्डौं । विश्वकै अग्लो शिखर सगरमाथा आरोहणको क्रममा खुम्बु आइसफल क्षेत्रमा भएको हिमपहिरोले दुई जना आरोही घाइते भएका छन्।  

पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण मानिने यस क्षेत्रमा भएको घटनाले आरोहण सुरक्षाबारे फेरि ध्यानाकर्षण गराएको छ।

पर्यटन विभागका अनुसार मंगलबार बिहान करिब ५्:४५ बजे आधार शिविरबाट पहिलो र दोस्रो शिविरतर्फ रोटेसनमा गइरहेका आरोही तथा शेर्पा गाइडहरूको समूह हिँडिरहेको मार्गमै हिउँको ठूलो ढिस्को खसेको थियो।  

उक्त घटनामा संखुवासभा मकालुका अनुभवी माउन्टेन गाइड ४४ वर्षीय पेम्बा तेण्डुक शेर्पा र भारत पुणेका ४० वर्षीय आरोही निमिषकुमार सिंह घाइते भएका हुन्।

सगरमाथा आरोहणलाई विश्वव्यापी पर्यटन आकर्षणका रूपमा विकास गर्न महत्वपूर्ण मानिने यस मार्गमा भएको घटनापछि स्थानीय एक्सपिडिसन कम्पनीहरूले तुरुन्त उद्धार कार्य अघि बढाएका थिए।

पायोनियर एडभेन्चर प्रालि र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले तत्काल समन्वय गर्दै घाइतेहरूको अवस्थाबारे आधार शिविरमा जानकारी गराएका थिए।

 

सगरमाथा आरोहणलाई विश्वव्यापी पर्यटन आकर्षणका रूपमा विकास गर्न महत्वपूर्ण मानिने यस मार्गमा भएको घटनापछि स्थानीय एक्सपिडिसन कम्पनीहरूले तुरुन्त उद्धार कार्य अघि बढाएका थिए।

पायोनियर एडभेन्चर प्रालि र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले तत्काल समन्वय गर्दै घाइतेहरूको अवस्थाबारे आधार शिविरमा जानकारी गराएका थिए।

त्यसपछि सेभेन समिट ट्रेक प्रालिको सहकार्यमा बिहान ६्:३० बजे लुक्लाबाट हेलिकप्टर घटनास्थल पुगेर दुवै घाइतेलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो। 

उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ।

पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार घाइतेहरूको अवस्था हाल खतरामुक्त रहेको छ र उपचार जारी छ।

पर्यटन क्षेत्रका विज्ञहरूका अनुसार खुम्बु आइसफल सगरमाथा आरोहण मार्गको सबैभन्दा चुनौतीपूर्ण र जोखिमपूर्ण भाग मानिन्छ, जहाँ निरन्तर हिमनदीको गति, बरफको संरचना परिवर्तन र सेराक खस्ने सम्भावनाले आरोहीहरूको सुरक्षामा सधैं चुनौती सिर्जना गर्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.