काठमाण्डौ । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा करिब ३१ अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा कारोबार भने सामान्य घटेको छ ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले अपर ब्याण्ड छोड्दै गएको देखिन्छ । तर अघिल्लो दिनको ह्याम्मर क्याण्डललाई भने आज भ्यालिड गरेको छ । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई भने ओभर बट जोन ८२ मा चलेको देखिन्छ ।
कारोबार तथा भोल्युमबाट नियाल्दा आजको बजार २० दिनको औषत कारोबार भन्दा माथिनै देखिन्छ ।
बजारलाई पिभट् मार्फत नियाल्दा आज बजारले इन्ट्रा डेमा पहिलो प्रतिरोध ३ हजार ३० को विन्दुमा सामना गरेको छ । त्यसैगरि, बजारले अबको दोस्रो र तेस्रो प्रतिरोध क्रमशः ३०८० र ३१६६ विन्दुमा सामना गर्न सक्छ । घटेमा भने बजारले क्रमशः २९४३,२८९५ र २८०८ विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।