आईतवार, श्रावण ३,२०८३ 11:55:13
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 11:55:13
Bizshala
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने

नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने
New Office

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने योजना बनाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गरी पूँजीवृद्धि गर्ने र आगामी साधारण सभामा विेशष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।  

कम्पनीलाई नेपाल बीमा प्राधिकरणले २०८१ पुस २५ गते पत्र पठाई कम्पनीको पूँजी वृद्धि गर्न निर्देशन दिँदै १ वर्ष अर्थात २०८२ माघ मसान्त सम्मको म्याद थप गरेको थियो । 

सो अवधि भित्र यस कम्पनीको चुक्ता पूँजी वृद्धि गर्नु परेकाले कम्पनीले हकप्रदको विकल्प रोजेको जनाएको छ । 

वृद्धि गरिने पूँजीको सीमाको हकमा बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन कम्पनीको चुक्ता पूँजी २६ अर्ब भन्दा बढी कायम गर्नु पर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै नेपाल सरकार अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका सेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पूँजी बृद्धि गर्ने र त्यस प्रयोजनको लागि कम्पनी ऐन २०६३ को दफा ५६ (१) र दफा ८३ (क) अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । 

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४२ करोड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.