काठमाण्डौ । नारायाघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । पहिरो खसेका कारण दाउन्नेको सडकखण्ड अवरुद्ध भएको हो ।
विनयी त्रिवेण गाउँपालिका –२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
यसका साथै उक्त सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सो सडकखण्डमा बिहानदेखि पानी परेर चिप्लो भएका कारण एकतर्फी रुपमा सवारी आवागमन भईरहेको थियो । सडक पूर्ण रुपमा अवरुद्ध भएसँगै यात्रुहरुले सास्ती खेप्नु परेको छ ।