सोमबार, श्रावण १९,२०८२ 10:02:15
  • सोमबार, श्रावण १९,२०८२ 10:02:15
Global IME Bank Limited

मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको म्याक्डीमा वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको म्याक्डीमा वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजारमा अन्त्यमा सकारात्मक भएर बन्द भएको छ । आज बजार बढेता पनि कारोबार भने अघिल्लो दिनको तुलनामा झण्डै २.२५ अर्बले घटेको छ । आजको कारोबार यस अघिको २० दिने मूभिङ एभरेज भन्दा कम हो ।  

यसले बजारमा क्रमशःकारोबार घट्दै गएको बुझिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा बजारले सपोर्ट लिएको देखिन्छ । तर बजार फर्कि हाल्यो भन्नलाई अबको कारोबारमा आजको उच्च विन्दु २८९० भन्दा माथि बजार टिक्नु पर्ने हुन्छ । यदि बजार फेरि २९ सय विन्दुमाथि १५ अर्ब कारोबारका साथ लागेमा बजार अप ट्रेन्डमा नै चलेको बुझिने छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

अर्थात आगामी क्याण्डल भोल्यूम सहितको बुलिस प्रकृतिको क्याण्डल बनेको खण्डमा बजारले अप ट्रेन्ड थप निश्चित हुनेछ । म्याक्डीबाट नियाल्दा भने बजारमा प्रष्ट रुपमा वियरिस क्रसओभर देखिन्छ । हिस्टोग्राम नेगेटिभ बनिसकेको छ ।  

आरएसआई र एमएफआइ ओभर बट जोनबाट खसेर हाल न्यूट्रल जोनमा चलेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज २ हजार ८७५ विन्दुमा बन्द भएको बजारले क्रमश ः २८९०, २९५५ र ३०६८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

त्यसैगरि, घटेमा भने २८४२, २८०० र २७७० विन्दुमा सपोर्ट लिन सक्छ । यस हिसाबले आज मध्य ब्याण्डमा सपोर्ट लिएता पनि २९२९ विन्दुमाथि बजार नटिकेसम्म आजको बजारको बढोत्तरी परिपक्क भएको मान्न सकिदैन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.