बिहीबार, बैशाख ३१,२०८३ 09:45:33
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:45:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओ निष्कासन तथा बिक्री आवेदन आजदेखि बन्द गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो ।  

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओ भने गत साउन ९ गते बन्द गरिएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू.१०० अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।  

Bizshala
New Office
CG Motors

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७)का स्थानिय बासिन्दाका लागि जारी गरिएको छ ।  

यस्तै सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको थियो ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बन्दीपुर केवुलकारको काठमाण्डौ कालिमाटी कार्यालय,बन्दीपुर केवलकारको तल्लो स्टेशन,आँबुखैरेनी गाउँपालिकाको कार्यालय,भानु नगरपालिकाको वडा न।१ को कार्यालय र पालुङटार नगरपालिका वडा न। ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।  

कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि जारीपूँजीको १८.७०७६ प्रतिशत अर्थात ५२ लाख ९४ हजार कित्ता सेयर जारी गर्नेछ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.