काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई ट्यारिफ बढाउने चेतावनी दिएका छन् । रुससँग भारतको निकटता बढेको भन्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
ट्रम्पको यो नयाँ चेतावनी उनले भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको एक सातापछि आएको हो ।
भारतले रुसबाट तेल खरिद गरेकोमा ट्रम्प आक्रोशित देखिएका छन् । भारतले रुसबाट सैन्य हतियार किनेको पनि उनी हेर्न चाहँदैनन् । ट्रम्पले युक्रेनमा युद्धविरामका लागि प्रयासलाई तीव्र पारेका छन् । यी प्रयासहरू बीच, ट्रम्पले भारतलाईचेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपतिले रुससँग भारतको घनिष्ठ सम्बन्ध रहेको भन्दै उच्च कर लगाउने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा यसबारे लेखेका छन्, । भारतले रुसबाट ठूलो परिमाणमा तेल खरिद गरिरहेको उनले बताए । त्यसपछि खरिद गरिएको तेलको ठूलो हिस्सा खुल्ला बजारमा बिक्री गरेर भारतले नाफा कमाउने गरेको उनले आरोप लगाएका छन् । डोनाल्ड ट्रम्पले रुसी युद्ध मेसिनले युक्रेनमा कति मानिस मारिरहेको छ भन्ने कुरा भारतलाई परवाह नभएको दाबी गरे । जसका कारण उनले अमेरिकाले भारतमा लगाएको करमा उल्लेख्य वृद्धि गर्ने बताएका छन् ।
गत हप्ता पनि ट्रम्पले ट्रुथ सोसलमा भारतलाई निशाना बनाएका थिए । उनले भारत र रुस दुवैलाई आफ्नो मृत अर्थतन्त्र जहाँ चाहान्छ त्यहाँ लैजान सक्ने बताएका थिए । अगस्टको पहिलो सातादेखि ट्रम्पले भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यससँगै रुसबाट खरिद गर्दा जरिवाना लगाउने समेत उनले बताएका थिए ।
ट्रम्पको पछिल्लो कदमले भारत र अमेरिकाबीचको व्यापार सम्बन्धमा तनाव बढाउन सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन्। अमेरिकाले लगाएको करबाट भारत पहिले नै असन्तुष्ट छ । अब ट्रम्पको नयाँ चेतावनीले दुई देशबीचको सम्बन्ध बिग्रन सक्ने उनीहको ठहर छ। ट्रम्पको निर्णयले भारतीय अर्थतन्त्रमा असर पर्न सक्छ । अमेरिका भारतको महत्वपूर्ण व्यापार साझेदार हो। अमेरिकाले भारतमा भन्सार बढाएमा भारतीय निर्यात घट्न सक्छ ।