• बुधबार, श्रावण २८,२०८२ 12:05:47
Global IME Bank Limited

झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

Hyundai Nepal
झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले गत असार ३१ गते प्रति सेयर रू. १०० अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

जसमध्ये आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं। ४ (आयोजनाको प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र संचालन भई रहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्र बाहेकको)बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता आइ्र्रपीओ जारी गरेको छ ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले हिमालयन बैंकको देधे शाखा, दमक शाखा १ र २, सुरुङगा शाखा, माछापुच्छ्रे बैंकको सुरुङ्गा र दमक शाखा र झापा इनर्जीको आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका लागि जारी गरेको आईपीओ गत साउन १८ गते बन्द गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.