काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ७ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । कम्पनीबाट आज एकैदिन ९८ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५९.०२ प्रतिशत सेयर खरिद भएको छ भने ४०.९८ प्रतिशत सेयर बिक्री भएको छ ।
