काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल मार्केटको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।
जसअन्तर्गत सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुले आर्थिक वर्ष २०८१/८२ का लागि ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० का इकाईधनीहरुले १२.७५ प्रतिशत लाभांश पाउने भएक छन् ।
क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ १२ गतेसम्म नेप्सेको.प्रणालीमा कारोबार भई कायम हुने इकाईधनीहरु मात्रै यी योजनाको लाभांशका लागि योग्य हुनेछन् ।