सोमबार, भाद्र २,२०८२ 07:54:07
IME remit
  • सोमबार, भाद्र २,२०८२ 07:54:07
IME remit
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस हरामी प्याटर्न’ , बजारमा ट्रेन्ड रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बुलिस हरामी प्याटर्न’ , बजारमा ट्रेन्ड रिभर्सलको संकेत
Shivam Cement

काठमाण्डौ । केही समयको गिरावटपछि नेप्सेको चार्टमा आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याटर्न बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिला जस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल’ भनेर बुझिन्छ ।  

दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो बन्छ (हेर्नुहोस् तस्बिरमा) भने त्यसलाई बुलिस हरामी र बियरिस हरामी भनिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रायः बुलिस हरामी, चार्टको न्यून सपोर्ट विन्दुमा बन्ने गर्छ । यदि रातो लामो क्यान्डलको ठीकपछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुझिन्छ (हेर्नुहोस् एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ ।  

यदि घटिरहेका बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ । यस्तो अवस्थामा खरिदकर्ता हाबी भएका हुन्छन् । यस विपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ । यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हाबी भएका हुन्छन् । यसले ट्रेन्ड परिवर्ततको संकेत गर्छ ।  

आज नेप्सेको चार्टमा बनेको बुलिस हरामी क्यान्डलले सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ । आज बजार बढ्दा कारोबार भने निकै ड्राइ अप बनेको देखिन्छ ।  

यसले बेच्ने र किन्ने दुबै थरिका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ । आज २७६० को विन्दुमा सपोर्ट लिएको बजार यदि आगामी कारोबारमा २८ सय भन्दा माथि टिक्छ भने बजारले पुनः एकपटक माथिको यात्रा तय गरेको र बजारले यहि विन्दुबाट रिभर्सल लिएको मान्न सकिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.