काठमाण्डौ । लगानीकर्ताले विभिन्न समयमा आफू अनुकूल डीपी खाता तथा केवाईसी खोलेका हुन् सक्छन् । कारोबार गर्ने क्रममा विभिन्न कारणवश ब्रोकर तथा डीपी परिर्वतन गर्नुपर्ने अवस्था आउन सक्छ ।
कसैलाई कामको सिलसिलामा वा व्यापार परिर्वतन गरेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुनसक्छ । त्यसैले आफू बसेको ठाउँ तथा पायक पर्ने ठाउँमा डीपी खोल्न तथा दुईवटाबाट एकमात्र डीपी पनि खोल्न सक्छन् ।
जति धेरै डीपी भयो त्यति नै धेरै खर्च तथा नवीकरण शुल्क लाग्छ । त्यसैले एउटा मात्रै डीपी हुँदा मितव्ययी हुन्छ । तर ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताहरुले बीओ टु बीओ गर्दा एक सय रुपैयाँकै आधारदर मानेर सीडीएससीले लाभकर लिएको गुनासो गरेका छन् ।
कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)मा भेटिएका एक लगानीकर्ताले आफूले बीओ टु बीओले गर्दा एक सय रुपैयाँकै आधारदरमा कर तिर्नु परेको गुनासो गरे । उनले उदाहरण दिँदै भने, ‘मैले कुनै ब्रोकरमा ५ सय रुपैयाँका दरले सेयर किने । कारणबस मैले बीओ टु बीओ गर्नु पर्ने भयो । यसरी बीओ टु बीओ गर्दा सीडीएससीले एक सय रुपैयाँकै आधार दरमा कर लियो । अब मैले पाँच सयमा किनेको सेयर ४ सयमा बेचेपनि कर तिर्नु परेको छ ।’
यसै बिषयमा बोल्दै सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले लगानीकर्ताहरुले बीओ टू बीओ गर्नु पहिले नै डब्लुएसीसी अर्थात औषत खरिद लागत गणना गरेको खण्डमा बीओ टु बीओ गरेता पनि खरिद दरमा नै कर लाग्ने बताए । केहीगरि लगानीकर्ताले बीओ टु बीओ गरे पछि डब्लुएसीसी भएको खण्डमा सीडीएससीले लगानीकर्ताले खरिद गरेको प्रमाण पेस गरेको खण्डमा खरिद दरमा नै कर लगाउने पनि उनले जानकारी दिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (3).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                