काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टेमेन्ट एण्ड सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, क्रिष्टल कंचनजंगा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ६९ करापेड ७८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.३२ प्रतिशत सेयर खरिद भएको छ भ ने ५१.६८ प्रतिशत सेयर बिक्री भएको छ ।
