काठमाण्डौ । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
विसं २०८१ असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको थियो । उक्त मुद्धामा २०८१ मंसिर १३ गतेको फैसलाले पूर्वमुख्यसचिव अर्यालसहित नौ जनालाई आंशिक ठहर गर्दै सफाइ दिएको थियो ।
अख्तियारले उक्त फैसलाप्रति असहमति जनाउँदै आज सर्वोच्चमा आज पुनरावेदन दर्ता गराएको हो ।