बुधबार, श्रावण १३,२०८३ 06:27:02
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 06:27:02
Bizshala
Global IME Bank Limited

यी हुन् मन्त्रिपरिषद् बैठकबाट भएका चार निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकबाट भएका चार निर्णय
New Office

काठमाण्डौ । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले कानून संशोधनसम्बन्धी विधेयकहरू संघीय संसदमा पेश गर्न स्वीकृति दिने, विदेशी विनिमयसम्बन्धी कसूर अनुसन्धानका लागि अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा सदस्य नियुक्त गर्ने तथा प्राविधिक शिक्षा क्षेत्रसँग सम्बन्धित नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले संघीय संसदमा पेश गर्नका लागि विभिन्न नौ वटा विधेयकलाई स्वीकृति दिएको छ। स्वीकृत विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन २०५३ संशोधन विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन २०७६ संशोधन विधेयक लगायत रहेका छन्।

त्यस्तै, सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ संशोधन विधेयक र कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन विधेयक पनि संसदमा पेश गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद्ले विदेशी विनिमयसम्बन्धी कसूरको अनुसन्धानलाई प्रभावकारी बनाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ।

यसैगरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।

बैठकले शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्रस्तावित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ लाई समेत स्वीकृत गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.