बुधबार, असार १७,२०८३ 06:43:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:43:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाबाट रु.१.४० खर्बको सेयर धितो कर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै रु.१.१६ खर्ब

Laxmi Sunrise Bank Limited
बैंक तथा वित्तीय संस्थाबाट रु.१.४० खर्बको सेयर धितो कर्जा प्रवाह, वाणिज्य बैंकहरुबाट मात्रै रु.१.१६ खर्ब

काठमाण्डौ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट झण्डै डेढ खर्बको सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट कुल १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको हो ।  

यो रकम अघिल्लो आवको तुलनामा ५६.१७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंक वित्तीय संस्थाहरुबाट जम्मा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समिक्षामार्फत सेयर धितोकर्जामा लगाएको १५ करोड रुपैयाँको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएपछि बैंक तथा वित्तीय संस्थाहरुबाट यस्तो कर्जा प्रवाह ह्वात्तै बढ्न पुगेको हो ।  

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ ।  

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताहरुले पनि आफ्नो नाममा भएको सेयर बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या थपिँदै गएसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो राखेर कर्जा लिनेको संख्या पनि बृद्धि भएको छ ।  

गत आवमा वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । जुन यो अघिल्लो आवको तुलनामा ६६.०५ प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुबाट ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

गत आवमा सबैभन्दा बढी यस्तो कर्जा प्रवाह गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले १६ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको छ ।  

एनआइसी एशिया बैंक बाहेक सबै बैंकको यस्तो कर्जा प्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ । सबैभन्दा बढी ग्रोथ देखिनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकको यस्तो कर्जा प्रवाह अघिल्लो आवको तुलनामा ४४२.१० प्रतिशत बढेको छ ।  

त्यस्तै, यता विकास बैंकहरुको सेयर धितो कर्जा प्रवाह पनि २५.३१ प्रतिशत बढेको छ । गत आवमा विकास बैंकहरुले १९ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत आवमा सिन्धु विकास बैंक र ज्योति विकास बैंक बाहेक सबै बैंकको यस्तो कर्जा प्रवाह बढेको छ ।  

यसका साथै फाइनान्स कम्पनीहरुले पनि गत आवमा ४ अर्ब ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ४.७४ प्रतिशत बढी हो । अघिल्लो आवमा वित्त कम्पनीहरुले ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.