काठमाण्डौ । कार निर्माता कम्पनी फोर्डले साढे ३ लाख युनिट बढी कार बजारबाट फिर्ता मगाउने भएको छ । कम्पनीले अमेरिकी बजारबाट ३ लाख ५५ हजार युनिट कार फिर्ता मगाउन लागेको हो ।
प्यानल डिस्प्लेमा देखिएको समस्याका कारण बजारबाट कार फिर्ता मगाउन लागिएको अमेरिकाको नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ । इन्स्ट्रुमेन्टल प्यानल क्ल्स्टर सफ्टवेयर डिलरले अपडेट गर्ने जनाइएको छ ।