बिहीबार, भाद्र १२,२०८२ 07:32:25
  • बिहीबार, भाद्र १२,२०८२ 07:32:25
Global IME Bank Limited

कोका–कोलाले बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

Hyundai Nepal
कोका–कोलाले बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड
Shivam Cement

काठमाण्डौ । कोका–कोलाले नेपालमा’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड बनाएको छ ।  

कम्पनीले गत चैत २ गते बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ  इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा’द लार्जेस्ट मोमो पार्टी’मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

५०० जनाभन्दा बढी उत्साही सहभागीहरूका साथ उक्त कार्यक्रम सफलतापूर्वक आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त अवसरमा प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिइएको थियो । खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिनइन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियो र सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए।  

कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिकाकालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भने, ‘कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ। परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो। हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना गर्न पाउँदा गर्व गर्दछौं ।’  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.