काठमाण्डौ । सरकारले मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशक नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै डंगोलको नियुक्तिबारे जानकारी दिएका हुन्।
डंगोल यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए।

